काठमाडौँ, १९ मंसिर । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्नै भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।
आज गृहजिल्ला रामेछाप पुगेका उनले त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै अब ऊर्जा क्षेत्र मात्र नभइ सम्पूर्ण मुलुक नै राम्रो बनाउनका लागि सहयोग गर्न अनुरोध गरे ।
उनले भने, ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। यसको नेतृत्व गर्नलाई तपाईंहरूको ठूलो साथ सहयोग आवश्यक छ,’ ।
उनले अहिले मुलुक परिवर्तनको संघारमा रहेकोले यसलाई संस्थागत गर्न चुनाव अनिवार्य रहेको र निर्वाचित हुन पनि आवश्यक रहेको उनको धारणा छ ।
‘मैले लामो समयसम्म विरुद्ध प्राधिकरण लगायत धेरै ठाउँमा काम गरे र एउटा नेतृत्वदायी भूमिकामा जाने मौका पाएँ । तपाईं आम जनताको साथ सहयोग सद्भाव र विश्वासको कारणले म एउटा कर्मचारीको हैसियतले अहिलेसम्म कहिँ पनि सांसद पनि जितेको छैन म कुनै इलेक्सन पनि लडेको छैन तर म एउटा मन्त्रीको रूपमा आज आएको यहाँ छु,’ उनले भने, ‘सबै जनताको विश्वास र जनताको चाहना अनुसार म एउटा मन्त्रीको रूपमा त्यो पनि तीन तीन वटा मन्त्रालय सम्हालेर आएको छु र आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ।’










प्रतिक्रिया दिनुहोस्