राजनीति

चुनाव कसरी सफल पार्ने भनेर सोचौँ : प्रधानमन्त्री कार्की



काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छन्  ।

प्रधानमन्त्रीले हिजो बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायलगायत चुनावसँग प्रत्यक्ष जोडिएका निकायहरू तयार रहेको जनाउँदै प्रतिनिधिसभाको चुनाव फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरेकी हुन्  ।

उनले भनिन्, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ’ ।

गएको भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्रीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह समेत गरिन्  । नवयुवादेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उनको भनाइ छ ।