समाचार

एक महिनामा २ हजार ४९१ थान सवारी लाइसेन्स छापियो



काठमाडौँ, २० मंसिर । यातायात व्यवस्था विभागले एक महिनामा २ हजार ४९१ थान अत्यावश्यक सवारी लाइसेन्स छापिएको जनाएको छ ।

सुरक्षण मुद्रण केन्द्रबाट छापिएका उक्त सवारी लाइसेन्स विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सार्वजनिक गरेको हो । 

गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो । त्यसयता शुक्रबारसम्म उक्त परिमाणमा लाइसेन्स छपाइ भएको हो । विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विद्यार्थीहरुका लागि अत्यावश्यक भएको सवारी लाइसेन्स छापिएको छ ।