काठमाडौँ, २० मंसिर । बुढ़ानीलकण्ठ नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बर्थिङ सेवा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ ।
बुढानीलकण्ठ नगर अस्पताल सन्चालन समितिको मिति २०८२ मंसिर २ गतेको निर्णयअनुसार अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै बर्थिङ सेवा सञ्चालनमा लयएको बुढानिलकण्ठ नगर अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले अस्पतालले बर्थिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुुभयो । उहाँका अनुसार बर्थिङ सेवा सञ्चालनमा आएसँगै अब नगरबासीले बच्चा जन्माउनका लागि अन्य अस्पताल धाउन नपर्ने अवस्था भएको बताउनुुभयो । नगर अस्पतालले आगामी दिनमा अन्य सेवाहरु पनि क्रमिकरुपमा विस्तार गर्दै जाने स्पष्ट पार्नुुभयो ।










प्रतिक्रिया दिनुहोस्