विश्व

भारतको एक नाइट क्लबमा आगलागी: २३ जनाको मृत्यु



गोवा, २१ मंसिर। भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।

गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ । आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्।

शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो ।