विश्व

क्यानडामा शक्तिशाली भूकम्प



काठमाडौँ, २१ मंसिर । उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ ।

७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो ।

मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो । क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन ।