राजनीति

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : उपमहासचिव ज्ञवाली



ललितपुर, २१ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्ने पार्टी एमाले भएकाले यसलाई मजवुद पार्नुपर्ने बताउनुभएको छ ।

बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उहाँले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मूलुक ठूलो संकटबाट निस्कने तर्क गर्नभयो । जति मजबुद उपस्थिती त्यत्ति नै प्रभाव पर्ने भएकाले अराजकताको मनोबल गीराउन भएपनि सक्दो पार्टी पंक्ती र शुभेच्छुक आगामी २७ गते सल्लाघारीमा भेला हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गोदावरी नगर कमिटी ललितपुरद्धारा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन सम्बन्धी विस्तारित बैठकमा बोल्दै नेता ज्ञवालीले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताउनुभयो।

एमालेकै कारण अन्य पार्टीले पनि समाजमा आफ्ना आवाज बढाउन सकेको उहाँले बताउनुभयो । नीति र नेताको चयन गर्न छुट्टाछुट्टै महाधिवेसन गर्ने एक मात्र पार्टी एमाले रहेको बताउँदै उनले पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता र कार्यकर्ताको कुनै महत्व नरहेको टिप्पणी गर्नुभयो ।

पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता कार्यकर्ताको के काम ?, उहाँले भन्नुभयो   त्यस्ता व्यक्तिलाई गहनाको रुपमा सजाउन मिलेन ।।

जेन जीको खोल ओढेर अराजकता बढीरहेको उल्लेख गर्दै उहाँले समय आएपछि सबै खुल्दै आइरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमममा एमाले पोलिटब्युरो सदस्य खीमलाल भट्टराईले जनताको जीवन बदल्न एमालेको विकल्प नरहेको स्पष्ट पारे । उहाँले प्रतिगमनको विरुद्धमा जनलहर मसीर २७ गते उत्रिनुपर्ने बताउनुभयो।  

अर्का पोलिटब्युरो सदस्य शुसीला नेपालले अहिले पार्टीएलाई मात्र नभएर देशलाई नै केपी ओलीको खाँचो रहेको बताउनुभयो । ओली र एमालेविरुद्ध देशी विदेशी शक्ति मिलेर षड्यन्त्र गरिएको बताउँदै उहाँले भन्नुभयो  यो अवस्थामा केपी ओलीको विकल्प खोजेर पार्टी कमजोर होइन, मजबुद बनाउनुपर्छ ।

नगर अध्यक्ष विक्रम घिमिरेले नगरको तर्फबाट कम्तीमा ३ हजार जना महाधिवेशन उद्घाटनको दिन आयोजना आमसभामा सहभागी हुने जानकारी दिनुभयो ।