मोरङ, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुने नेपालभरका नेताहरूमध्ये पहिलो बनेका हुन् ।
कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारीमा दाबी गरेनन् ।










प्रतिक्रिया दिनुहोस्