समाचार

लमहीमा होटल सञ्चालक मृत फेला



दाङ, २२ मंसिर । दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् ।

खनाल आज बिहान आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने प्रहरीले जनाएको छ । कोठा भित्रबाट लक भएको कारण सुसाइड हो कि जस्तो देखिएको हो । मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।