काठमाडौँ, २२ मंसिर । मुस्ताङमा हिउँ चितुवाको संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ मार्फत अध्ययन शुरू गरिएको छ ।
बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको सहकार्यमा उच्च लेक क्षेत्रलाई केन्द्रित गर्दै क्यामेरा जडान गरिएको हो । गएको हप्तादेखि वारागुङ मुक्तिक्षेत्रअन्तर्गत झोङ, पुडाक, छेङ्गुर, थोरङफेदी, फल्याक, धार्काजुङ र मुस्ताङ–डोल्पा सडक किनारका उच्च लेक क्षेत्रमा १५ वटा क्यामेरा जडान गरिएका छन् । आजदेखि घरपझोङ गाउँपालिकाका स्याङ, मार्फा र चिमाङका उच्च लेक क्षेत्रमा पनि थप क्यामेरा जडान हुँदैछ ।
बायोकोसका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङ र असिस्टेन्ट प्रविन लामा, साथै एक्यापका संरक्षण सहायक दीपक ओली क्यामेरा जडान कार्यमा खटिएका छन् । क्यामेरा दुई महिनासम्म लेकमा राखिनेछ । अध्ययनको उद्देश्य हिउँ चितुवाको वास्तविक संख्या, आहारा प्रजातिको अवस्था, मानव–चितुवा द्धन्द्व, र जलवायु परिवर्तनका कारण बासस्थानमा परेको असर पत्ता लगाउनु हो ।










प्रतिक्रिया दिनुहोस्