काठमाडौँ, २२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् ।
पार्टीको ११औँ महाधिवेशनमार्फत केपी शर्मा ओली अध्यक्षमा तेहेरिन खोजीरहेको सन्दर्भमा पाण्डेले उक्त टिप्पणी गरेका हुन् ।
आज काठमाडौँमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आयोजना गरेको कार्यक्रममा उनले भने, “एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ,” “नयाँ पार्टीमा पनि त्यही समस्या छ ।”
उनले जबजको सही र एकरूप बुझाइको लागि दुई कार्यकाल र ७० वर्षे उमेरहद भने पनि लागू हुन नसकेको बताए । “स्वयं अध्यक्ष (ओली) जबज भन्नुहुन्छ । जबजको सही र एकरुप बुझाइका निमित्त दुई कार्यकाल र ७० वर्ष भनेका छौँ ।”
लोकतान्त्रिक विधि बोकेको एमालेलाई अध्यक्ष ओलीले व्यक्तिवादी बनाएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । “लोकतान्त्रिक विधि बोकेको पार्टीलाई केपी ओलीले व्यक्तिवादी बनाए । नव पुस्ताले पनि भन्यो महाधिवेशनमा लिस्ट बाड्ने पार्टीमा किन आउने भन्यो,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्