काठमाडौँ, २२ मंसिर । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन १९ को उपाधि गौरव खन्नाले जितेका छन् ।
आइतबार राती आयोजित ग्रान्ड फिनालेमा अभिनेता सलमान खानले उनलाई नगद ५० लाख भारुसहित ट्रफी पुरस्कार प्रदान गरे । खन्नाले यसअघि दिइएको टास्कमा पनि एक कार पुरस्कार जितेका थिए ।
फरहाना भट्ट प्रथम उपविजेता र प्रणित मोरे द्धितीय उपविजेता घोषित भए । गौरवले अमल मलिक, फरहाना, प्रणित मोरे र तान्या मित्तलसँग कडा प्रतिस्पर्धा गर्दै विजेता बने ।










प्रतिक्रिया दिनुहोस्