काठमाडौँ, २२ मंसिर । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य ७ देखि १३ प्रतिशतसम्म घटेको हो ।
हिजो आइतबार प्रतिकिलो औसतमा ९५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज सोमबार ८५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजोको तुलनामा आज नेपाली ठूलो गोलभेँडाको मूल्य १०.५३ प्रतिशतले घटेको छ ।
यस्तै भारतीय ठूलो गोलभेँडाको मूल्य पनि सोमबार ५ रुपैयाँ घटेर प्रतिकिलो १ सय रुपैयाँ कायम छ । हिजो भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।
लोकल सानो गोलभेँडा पनि ७.६९ प्रतिशतले घटेर प्रतिकिलो ६० रुपैयाँ औसत मूल्य रहेको छ । हिजो लोकल सानो गोलभेँडाको मूल्य ६५ रुपैयाँ प्रतिकिलो रहेको थियो ।
यसैगरी तराईको सानो गोलभेँडाको मूल्य हिजो आइतबारको तुलनामा आज सोमबार १३.५९ प्रतिशतले घटेको छ । हिजो प्रतिकिलो थोकमा औसत ९२ रुपैयाँमा किनबेच भएको तराईको सानो गोलभेँडाको मूल्य आज प्रतिकिलो ८० रुपैयाँ कायम छ ।










प्रतिक्रिया दिनुहोस्