समाचार

इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ



काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आतइबार राति काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूले १५ मंसिरको राति १० बजेतिर सडकमा हिँड्दै गरेका २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोगलाई लछारपछार पार्र्दै हातपात गरेका थिए ।

ती इजरायली नागरिक कालधारास्थित योग होस्टलमा बस्दै आएका थिए । पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान अघि बढाइएको छ ।