समाचार

चरेससहित दुई जना पक्राउ



दार्चुला, २३ मंसिर । जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रबाट चरेससहित दुई जना पक्राउ परेका छन् ।

सोमबार साँझतिर सदरमुकाम खलंगाबाट ३१ ग्राम चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ब्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई जनाको साथबाट ३१ ग्राम चरेस बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।