नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ ।
अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो । अतिथि सत्कार समितिले महाधिवेशनमा क-कसलाई निम्तो गर्ने भन्ने तय गरेर त्यसअनुसार आमन्त्रण पत्र पठाइएको छ ।
अतिथि सत्कार समितिकी सदस्य सुनिता बराल महाधिवेशन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ ।
उनका अनुसार विदेशमा रहेका र निम्तो गर्नुपर्ने व्यक्तिहरूलाई भौतिक रूपमा भेटेर नभई शुभकामना सन्देश माग्ने हिसाबले सबैलाई निमन्त्रणा पठाइसकिको छ । नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइएको छ र उनीहरूलाई सम्भव भएसम्म उपस्थितिका लागि अनुरोध गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्