काठमाडौँ, २३ मंसिर । नेपाल भ्रमणमा रहेका भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशिला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार काठमाडौँ आएका महावरले आज सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् ।
उनी सोमबार लुम्बिनीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।
भारतीय अतिरिक्त विदेश सचिव महावरले अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्री जगदिश खरेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी नेपालको पछिल्लो राजनीतिक अवस्था, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र भारतीय सहायतामा सञ्चालित परियोजनाको अवस्थाबारे बुझ्न नेपाल आएका हुन् ।
उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्