राजनीति

कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक



काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ ।

समितिले बुधबार बिहान ८ बजेका लागि कांग्रेस ७७ जिल्लाका सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको हो ।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाइएको जानकारी दिए ।

‘भर्चुअल’ बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी छलफल हुने बताइएको छ ।