अर्थ

नेप्से परिसूचक ७.३९ अंकले बढ्यो



काठमाडौँ, २३ मंसिर । आज सेयर बजार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ ।

बजार दिउँसो २ : ५४ बजे २६०६ अंकमा झरेकोमा अन्तिम ६ मिनेटमा बढेको हो । आजका लागि बजारको न्यूनतम अंक नै २६०६ अंक रह्यो । १२ ः २० बजे नेप्से २६२० अंकसम्म पुगेको थियो ।

आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।

बैंकिङ ०.१२, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.१७ तथा व्यापार ०.०१ प्रतिशत घटे । विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ तथा उत्पादन/प्रशोधन ०.५३ प्रतिशत बढे ।