काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् ।
सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका हुन् ।
भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको बताइएको छ ।
जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए । सरकार र जेनजीबीच सम्झौता गत साता नै गर्ने भनिएपनि ढिलाइ हुँदै आएको बेला गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।










प्रतिक्रिया दिनुहोस्