काठमाडौँ, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।
आजदेखि काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बनेको सरकारले यथास्थितिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभई थप सङ्कटमा धकेल्ने बताए ।
उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । लिङ्देनले जनताकोबिचमा चरम अलोकप्रिय साबित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राखे ।










प्रतिक्रिया दिनुहोस्