राजनीति

सुदूरपश्चिमका तीन युवा एमाले केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारीमा



काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)को मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका हुँदै छ । महाधिवेशनको संघारमा केन्द्रीय कमिटीमा प्रतिष्पर्धा गर्नेको लर्को नै लागिरहेको छ । एमाले नेतृत्वले विगतको केन्द्रीय कमिटीमा सुदुरपश्चिमलाई कम मात्रामा प्राथमिकता दिएको थियो । तर यस पटक भने प्रतिनिधिको विश्वास र भरोषाका साथ तीन युवाहरु केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारीमा लागेका छन् ।

डेब्यु गर्ने तयारीमा रहेका तीन युवाहरुमा अनेरास्ववियुबाट उमेरहदका कारण विदा भएका गोविन्द गिरी, नरेश रोका र प्रवास कमिटीमा रहेर हाल सुदुपश्चिमक प्रदेश कमिटीमा कार्यरत तिर्थ भट्टराई रहेका छन् । एमालेले १० प्रतिशत अनिवार्य युवा क्लस्टर राख्ने भएसँगै युवाहरुले राजनीतिसँगै देशको नेतृत्व गर्ने रणनीतिका साथ दावेदारी प्रस्तुत गर्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट समेत एमालेको केन्द्रीय सदस्य बन्न युवा नेताहरुले सक्रियता बढाएका छन् । खासगरि एमालेले अनेरास्ववियुमा उमेरहदको प्रावधान लागू गरेपछि संगठनको नेतृत्व लिन खोजेका नेताहरु बाहिरिनु परेको थियो । अहिले पार्टीको महाधिवेशन प्रतिनिधिमा उमेरहदका कारण अनेरास्ववियुको राजनीतिबाट बाहिरिएकाहरु आएका छन् । उनीहरु भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन् ।

सुदूरपश्चिममा अनेरास्ववियुका तत्कालीन उपाध्यक्ष गोविन्द गिरी गृह जिल्ला बैतडीबाट युवा प्रतिनिधि बनेका छन् भने तत्कालीन महासचिव नरेश रोकाया बाजुराबाट प्रतिनिधिमा आएका छन् । उनीहरु दुवै जना पार्टीको युवा केन्द्रीय सदस्यका लागि दौडधुपमा जुटेका छन् ।
युवा केन्द्रीय सदस्यको दाबेदारका रुपमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि बनेका तीर्थ भट्टराई पनि अघि देखिएका छन् । प्रवास कमिटीमार्फत लामो समयदेखि पार्टी क्रियाशिल भट्टराई अहिले भूगोलमा फर्किएर संगठन विस्तारमा लागेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका उनी धनगढी उपमहानगर कमिटीका सह–इन्चार्ज पनि छन् ।
लागि सुदूरपश्चिम प्रदेशबाट एक सय ४१ जना प्रतिनिधिहरु चयन भएका छन् । प्रदेशका १६ निर्वाचन क्षेत्र, पार्टीको प्रदेश कमिटी, मजदुर संगठन लगायतबाट यो संख्यामा प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।