काठमाडौँ, २५ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।
आज दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।










प्रतिक्रिया दिनुहोस्