समाचार

बस दुर्घटना हुँदा २२ जना घाइते



काठमाडौँ, २५ मंसिर । दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान ३ बजे दुर्घटना भएको हो । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ स्थित कौडिया बसको पट्टा भाँचिएर पुलबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँचजनाको अवस्था सामान्य छ भने१७ जनाको अवस्था मध्यम छ । बसमा ३७ जना सवार रहेको प्रहरीले जनाएको छ ।