काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)का नेता एवं केन्द्रीय सदस्य किशोर अधिकारी एमालेको आशन्न ११ औं महाधिबेशनमा पुन केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
एमालेको आगामी महाधिबेशनको सरगर्मी बढिरहेका बेला नेता नेता अधिकारीले सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । हाल नेकपा एमालेको केन्द्रिय सदस्य र सोलुखुम्बु जिल्ला इन्चार्जको भुमिकामा रहेका अधिकारी सदस्यमा भिड्न लागेका हुन् । कोशी प्रदेशभित्र एमालेको सिनियर र प्रभावशाली नेता अधिकारी यस अघि कोशी प्रदेशको समानुपातिक उम्मेद्धारको एक नम्बरमा थिए । तर उनि अनेकन कारण सांसद हुन सकेनन् । लामो समयदेखी अध्यक्ष केपी शर्मा ओली निकट नेताका रुपमा चिनिएका अधिकारी हालसम्म लाभको पद नलिने सादगी नेताका रुपमा परिचत छन् ।
को हुन अधिकारी
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ९ माधपपुरका स्थानीय बासिन्दा अधिकारी नेपालको प्रखर कम्युनिस्ट नेताहरू मध्येका एक हुन । लामो समयदेखि बामपन्थि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अधिकारी बैचारीक ज्ञान, तर्क क्षमता र वाककलाका लागि लोकप्रिय छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले का केन्द्रिय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज अधिकारी २०४२ देखि निरन्तर नेकपा एमालेको असल सिपाइका रुपमा काम गर्ने सादगी नेता हुन् । पार्टीभित्र तार्किक बहसको लागि कहलिएका थोरै नेताहरु मध्यमा पर्ने अधिकारी कम्युनिष्ट सिद्धान्त, संगठन र योजनासंग सम्बन्धित असल नेताका रुपमा परिचित छन् ।
एमालेको बैचारीक तथा सांगठनिक गतिविधि, कम्युनिष्ट विचार र संगठन, विदेश नीति, जलस्रोत, पर्यटन, बन पैदावर र जलवायु परिर्वतन जस्ता विषयहरुमा केन्द्रीत रहेर बिभिन्न टेलिभिजन तथा एफएम रेडियोहरुले बेला– बेलामा उनको अन्र्तवार्ता समेत लिदै आएको छ ।
राजनीतिक सिद्धान्त, जलवायु परिर्वतन, विकास नीति लगायत थुप्रै विषयमा उनले विविध सेमिनारहरुमा समेत सहभागिता जनाउदै आएका छन् । ओखलढुंगाका अधिकारीको परिवारमा आमा, श्रीमती, दुई छोरा, एक छोरी छन् ।
राजनीतिक यात्रा
प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका अधिकारी २०४२ सालमा अनेरास्ववियुको जिल्ला सचिब बनेका उनि २०४३ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला सम्पर्क मञ्च ओखलढुंगाको अध्यक्ष भए । विद्यार्थी राजनीतिमा सकृय रहेका उनले २०४७ सालमा नेकपा एमालेको संगठित सदस्य प्राप्त गर्दै जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । जिल्ला कमिटिको सदस्य तथा पदाधिकारी हुदै २०५१ सालमा उनले नेकपा एमाले ओखलढुंगाको तत्कालिन जिल्ला सचिबको जिम्मेवारी प्राप्त गरे । त्यसबेला पार्टी सचिब नै हालको अध्यक्ष सरहको भुकिमा रहने भएकाले उनले लामो समय नेकपा एमाले ओखलढुंगाको नेतृत्व गरे ।
सामाजिक विकास र राजनीतिक परिर्वतनको चेतना भएका अधिकारी २०६३ सम्म एमाले ओखलढुंगाको नेर्तत्वमा रहिरहे । २०६३ पछि नेकपा एमालेको केन्द्रिय लेखा आयोगको केन्द्रिय सदस्यको भुमिकामा सकृय रहे । त्यसपछि २०६८ देखि हालसम्म नेकपा एमालेको केन्द्रिय सदस्य निर्वाचित भई कार्यसम्पादन गर्दै आएका अधिकारी शुसाशन , पारदर्शिता र पार्टी संगठन निर्माणमा सकृय रहे । ३ पटक सम्म संघिय सांसदका उम्मेद्धार बनेका उनि तिनैपटक निर्वाचित हुन सकेनन् । हालसम्म लाभको पद नलिएका उनि पार्टी संगठननै मजबुत बनाएर देशकै पहिलो पार्टी नेकपा एमाले बनाउनमा दृढ छन् ।
जनताको पक्षमा स्पष्ट ढङ्गले बोल्ने, जनसरोकारको विषयहरु उठाउने र राज्यको दवावका बाबजुद पञ्चायतको भण्डाफोर तथा बहुदलको प्रचारमा निरन्तर सक्रिय रहे । मुलुकको लागि आवश्यक ऐन– कानुन निर्माणसंगै विद्यालय निर्माण, खानेपानी योजना सञ्चालन, सडक तथा सिंचाईको व्यवस्था, आयआर्जन, सामुदायीक अधिकार लगायतका विषयमा निरन्तर सक्रिय रहदै आएका अधिकारीलाई पुःन एकपटक एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित गराउन एमाले ओखलढुंगाका नेताहरु लगि परेका छन् ।










प्रतिक्रिया दिनुहोस्