समाचार

राजापुर गोलीकाण्डका मुख्य आरोपी पक्राउ



दाङ, २५ मंसिर । राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो । 

यसअघि सोधपुछका लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारू रेस्टुरेन्टकी सञ्चालक रामकुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत आइतबार गोली प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीय निरज थारूको मृत्यु भएको थियो । राजापुर नगरपालिका-४ स्थित रहेको हमार थारू रेस्टुरेन्टमा आइतबार बिहान ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए । नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतक थारूको दुवै कानको तल प्वाल देखिएको छ ।