समाचार

जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ



काठमाडौँ, २५ मंसिर । जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा कारागार तोडफोर्ड गरेर भदौ २५ गते भागेका जवरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई बुधबार सिन्धुलीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको विशेष प्रहरी टोलीले सन्दीप वर्मालाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

यसअघि, सिन्धुली जिल्ला अदालतको २०८२ असार ११ गतेको आदेश अनुसार वर्मालाई जबरजस्ती करणी सम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । कारागारमा थुनामै रहेको अवस्थामा गत २०८२ भाद्र २५ गते सिन्धुली कारागारमा कैदीबन्दीहरुले तोडफोड तथा आगजनी गरेको घटनाको मौका छोपी वर्मा कारागारबाट फरार भएका थिए ।