काठमाडौँ, २५ मंसिर । सिरहामा स्रोत नखुलेको नगद रकमसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मङ्सिर २३ गते दिउँसो करिब १२: ३० बजे सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. २ मा विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु ८३७७ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा स्कुटीको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नगद नेपाली रुपैयाँ सात लाख फेला पारेको थियो ।
सो घटनामा संलग्न स्कुटी चालक सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ बस्ने करिब ४६ वर्षीय दिनेश महतोलाई नगद रकमसहित स्कुटी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका महतोलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई आवश्यक अनुसन्धानपछि मङ्सिर २४ गते ठाडी भन्सार कार्यालयमा बुझाइएको छ ।










प्रतिक्रिया दिनुहोस्