अर्थ

छडी माछाको मूल्य बढ्यो



काठमाडौँ, २५ मंसिर । बजारमा छडी माछाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज छडी माछाको मूल्य बढेको हो ।

कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ ।

आज बिहीबार छडी माछा प्रतिकिलो थोकमा औसत ६३ रुपैयाँ बढेको छ । हिजो  प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएकोमा आज प्रतिकिलो ३ सय ३ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै रहु, बचुवा माछाको मूल्य भने स्थिर छ । बजारमा रहु माछा प्रतिकिलो थोकमा ३ सय ३० र बचुवा माछा २ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।