काठमाडौँ, २५ मंसिर । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गरेकाे छ ।
मोरङ प्रहरीका अनुसार बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकै खेतबाट ९ सय २१ किलाे गाँजा बरामद गरेकाे हाे ।
खेतमा रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएकाे हाे । प्रहरीले बरामद गरेकाे गाँजा २९ वटा बोरामा राखिएकाे थियाे ।
बरामद भएकाे गाँजाकाे ताैल ९ सय २१ किलो ६६ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ । गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।
काेशी प्रदशकाे पहाडी जिल्लामा उत्पादन हुने गाँजा माेरङ सुनसरी हुँदै तस्करी हुँदै भारत पुग्ने गरेकाे छ । भारत लैजानकै लागि लुकाएकाे अवस्थामा गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्