राजनीति

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘जेनजी’ले जलाएको संसद् भवनको अवलोकन



काठमाडौँ, २५ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद् भवनको अवलोकन गरेकी छन् ।

आज उनी नयाँ बानेश्वर पुगेकी हुन् ।

भवन अवलोकनका क्रममा भण्डारीसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको समेत उपस्थित थियो ।

गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा संसद् भवनमा तोडफोड र आगजनी गरिएको थियो ।