काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानुनी र असंवैधानिक रहेको आरोप लगाएका छन् ।
काठमाडौँमा आज सम्पादकहरूसँगको संवादमा ओलीले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे ।
अहिले सरकार अन्तरिम सरकार मात्र नभई असंवैधानकि सरकार भएको उनको टिप्पणी छ ।
प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको बताए ।
समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्नसमेत सरकारलाई चेतावनी दिए ।
उनले भने, “‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानुनी व्यवस्था के छ मैले नि हेरेको छु । उहाँहरूले मनसाय के छ भन्ने कुरा त मिडियामा बोलेको कुरा सुनेको छु । मलाई जनताले माया गरेका छन् । विरोधीले लखेटेका छन् । न म माया गरेर यहाँ छु, न त विरोध गरेर सक्किएको छु,” ।










प्रतिक्रिया दिनुहोस्