काठमाडौँ, २६ मंसिर । अछामका ११ वर्षीय एक बालक भारतमा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार परिवारसँगै भारतको पुनेस्थित हडाप्सर क्षेत्रमा बस्दै आएका ढकारी गाउँपालिका–२, फाटाबगरका ११ वर्षीय प्रकाश सार्की मृत भारतमा भेटिएका हुन् ।
गत बुधबार साँझदेखि बेपत्ता रहेका प्रकाशको परिवार तथा स्थानीय नेपालीले रातभर खोजी गरेका थिए । बिहीबार बिहान थप खोजी गर्ने क्रममा कोठाबाट केही टाढा रहेको रेल्वे ट्र्याक नजिक उनको शव भेटिएको हो ।
शवको पेटको बायाँ भाग चिरिएको देखिएपछि दुवै मृगौला निकालिएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्