पोखरा, २६ मंसिर । नेकपा (एमाले)का केन्द्रीय सदस्य भूपेन्द्र थापाले सक्रिय राजनीतिबाट दिएका छन् ।
एमालेको महाधिवेशन भोलिदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले पारिवारिक कारण देखाएर सक्रिय राजनीतिबाट बिदा लिन लागेको जानकारी गराएका हुन् । उनी २०७४ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । अन्य पार्टीमा जान लागेको होहल्ला भइरहेकोमा उनले खण्डन गरेका छन् ।
‘नवौँ राष्ट्रिय महाधिवेशनबाट हालसम्म केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘विभिन्न तह र क्षेत्र हुँदै निर्वाचित प्रतिनिधि सभा सदस्यका रूपमा पार्टी, समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि हार्दिक धन्यवाद ।’










प्रतिक्रिया दिनुहोस्