काठमाडौँ, २६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले नेपाल साहित्यको पनि उर्वरभूमि रहेको दाबी गरेका छन् ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा ‘युगदुत’ नामक पुस्तकको विमोचन गर्दै उनले साहित्य केवल आत्मसन्तुष्टिका लागि मात्रै हुन नहुने धारणा राखेका हुन् । साहित्यले समाजको पथप्रदर्शक गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले साहित्य समाज र मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको सङ्गालो, भावनाहरूको गहिराइ तथा चिन्तनको उडाइहरू मिसिएको हुनुपर्ने बताए । उनले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत साहित्य भएको कुरासमेत स्मरण गराए ।
अध्यक्ष ओलीले भने, “साहित्यलाई गन्तव्यविहीन साहित्य होइन, खाली आत्मसन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको सङ्गालो, भावनाहरूको गहिराइ, चिन्तनको उडाइ यी सबै कुराहरू मिसिएको हुनुपर्दछ ।”










प्रतिक्रिया दिनुहोस्