समाचार

वीरगञ्ज कारागारका एक कैदीबन्दीको मृत्यु



वीरगञ्ज, २६ मंसिर । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् । उपचारका क्रममा सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको हो ।