समाचार

चोरीका सामानसहित बानेश्वरबाट १ महिला पक्राउ



काठमाडौँ, २६ मंसिर । चोरीका सरसामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–८ कि गौरी भनिने ४१ वर्षीया गजेन्द्रा लहार छिन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बानेश्वरबाट चोरीका सामानसहित पक्राउ गरेको हो ।

उनले २२ मंसिरमा काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित एक घरबाट नगद र सुनका गरगहना चोरी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्राईले बताए ।