अर्थ

मेगा बैंकद्वारा दुर्गम विद्यालयलाई कम्प्युटर सहयोग



कालिकोट, २७ मंसिर । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले दुर्गमको एक विद्यालयलाई कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिका-८ स्थित मंगलासैनी मावि खिरचौका लालुलाई सामाजिक उत्तरदायित्व कोषबाट १ लाख ९५ हजार मूल्यको ४ थान कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरिएको हो ।

समुदायको अगुवाइमा मावि संचालन गरिएको विद्यालय बैंक प्रबन्धक रोहनकुमार विष्टले बताए । उनले ८ वर्षदेखि कालिकोटमा शाखा खोलेर सेवा दिँदै आएको बैंकले विकट बस्तीको विद्यालयलाई कम्प्युटर शुक्रबार हस्तान्तरण गरेको जानकारी दिए ।