काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिष्पर्धा गर्न लागेका दुवै टिमलाई शुभकामना दिएकी छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना दिएकी हुन् ।
‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ ।’
लुम्बिनी लायन्स नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको छ भने सुदूरपश्चिमको नेतृत्व गरिरहेका दिपेन्द्रसिंह ऐरी राष्ट्रिय टोलीका उपकप्तान हुन् ।
लायन्स र रोयल्सबीचको खेल दिउँसो साढे ३ बजे हुँदै छ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।










प्रतिक्रिया दिनुहोस्