समाचार

दाङमा पेस्तोल पड्किँदा एक जना घाइते



दाङ, २७ मंसिर । दाङको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते हुनेमा लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेका छन् ।

आज बिहान पौने ११ बजेतिर सो होटलको कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको भनिएको पेस्तोल अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पेस्तोल कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।