काठमाडौँ, २८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । अध्यक्ष ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।
पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२ बजेको लागि सारिएको छ । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् ।










प्रतिक्रिया दिनुहोस्