काठमाडौँ, २८ मंसिर । परिसूचक नेप्से आज १२ दशमलव ५० अङ्कले घटेर २ हजार ५ सय ९४ दशमलव ८७ विन्दुमा झरेको छ ।
आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ९७ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सिटी होटलको शेयर सबैभन्दा धेरै ६ दशमलव २६ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ सय ३० वटा कम्पनीको १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ७४ लाख रुपैयाँमा किनबेच भएको छ ।










प्रतिक्रिया दिनुहोस्