काठमाडौँ, २८ मंसिर । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
कार्कीलाई सैनामैनामा बृहत् पार्टी प्रवेश कार्यक्रम मार्फत रास्वपा उपसभापति स्वर्णिम वाग्लेलगायत शीर्ष नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकामा असन्तुष्टि र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए ।
कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्वस्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन् ।










प्रतिक्रिया दिनुहोस्