काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् ।
आज काठमाडौँमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘२३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरू सबैलाई विदितै छ । राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनजीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो । सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ । यसले राष्ट्रलाई बलियो बनाउँदछ । यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भूमिका खेल्न सकोस्,’ ।










प्रतिक्रिया दिनुहोस्