समाचार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ



काठमाडौँ, २८ मंसिर । संखुवासभामा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

३७ वर्षीया मीना शेर्पाको हत्यामा संलग्न रहेको आरोपमा मादी नगरपालिका–३ बस्ने ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मंसिर ९ गते राति मादी नगरपालिका–४, ओखरेबजारबाट घर फर्किने क्रममा उनीहरूबीच वादविवाद भएको थियो । वादविवाद हुँदा प्रेमले मीनाको हत्या गरी सोही नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।