राजनीति

तीर्थ भट्टराईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने



काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)को एघारौं महाधिवेशनमा सुदूूरपश्चिम प्रदेशको युवा कोटामा एमाले सुदूूरपश्चिम प्रदेश कमिटी सदस्य तीर्थ भट्टराईले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

पार्टीले युवा कोटा सुनिश्चित गरेसँगै उनले भुगोलबाट आफ्नो उम्मेदवारी दिने तयारी गरेका हुन् । तीर्थ भट्टराई कैलाली क्षेत्र न. ५ बाट युवा कलस्टरमै प्रतिनिधि चुनिएर आएका हुन् । लामो समय प्रवास कमिटीमा रहेर फर्किएका भट्टराई भुगोलमा पनि स्थापित युवा नेता मानिन्छन् ।

एमालेले यो पटक ४० बर्ष मुनिका युवाहरुको पनि केन्द्रीय कमिटीमा कोटा सुनिश्चित गरेको छ । प्रत्यक प्रदेशलाई भुगोल बनाएर १/१ जना युवाहरु समेटिने छन् । साथै खुला(हल) बाट २ जना र अन्य कलस्टरबाट पनि युवाहरु समेटिने छन् ।

एमालेको निर्वाचन कमिटीको तालिका अनुरुप आजबाट उम्मेदवारी फारम वितरण गरि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।