काठमाडौँ, २९ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा नै प्रतिनिधिसभा निर्वाचन हुने र निर्वाचनबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् ।
आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन क्रममा गृहमन्त्री अर्यालले फागुन २१ मै निर्वाचन गराउन सरकार दृढ रहेकाले कसैले चुनाव हुँदैन भन्ने भ्रम फैलाउने काम नगर्न पनि चेतावनी दिएका छन् ।
उनले भने, “लोकतन्त्रको अभिन्न अंग विधिको शासन र स्वतन्त्र निर्वाचन हो । निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुने छैन,” “यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्धेश्यअनुरूप भएको हो ।”
अर्यालले सरकार निर्माण भए पछि शान्ति सुरक्षाको प्रत्याभूतिसहित तत्कालीन स्थितिको सामान्यीकरण, तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी सुशासन कायम गर्ने मुख्य ध्येयका साथ सरकार गठन भएको पनि उल्लेख गरे ।
शान्तिपूर्ण निर्वाचनका लागि प्रदेशको पनि उत्तिकै भूमिका रहेको बताउँदै अर्यालले सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन श्चातका कार्यमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्र बनाएको बताए ।










प्रतिक्रिया दिनुहोस्