काठमाडौँ, २९ मंसिर । काभ्रेपलाञ्चोकमा हिरासतमा रहेका एक जना पुरुष झुण्डीएको अवस्थामा मृत फेला परेका छन ।
इलाका प्रहरी कार्यालय मंगलटारको चोरी आरोपमा हिरासतमा रहेका रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ शौचालयमा झुण्डीएको अवस्थामा मृत फेला परेका हुन ।
चोरीको आरोपमा निवेदन परेपछि उक्त मुद्दामा अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरी हिरासतमा राखिएको थियो । उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको बताइएको छ ।
सोमबार राति ३ बजे इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा मृत अवस्थामा फेला परेका थिए । उनले ब्ल्यांकेटको घेरोको कपडा च्यातेर घाँटीमा पासो लगाएर झुण्डीएको बताइएको छ ।
पटक-पटक मुद्दा मामिलामा परिरहेका तामाङको मृत्युबारे थप अनुसन्धान भइरहकेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्