समाचार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौँ, २९ मंसिर । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ ।

रूपन्देही प्रहरीका अनुसार रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडानम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो ।

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडानम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेका छन ।

आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग११प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।

गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुवै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।