राजनीति

काठमाडौँमा आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो



काठमाडौँ, १ पौष । आज काठमाडौँमा आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउँदै आएको छ ।